दुई नेपाली गोर्खा सैनिनकको पाकिस्तानी सेनाको आक्रमणबाट मृत्यु, हार्दीक श्रद्धाञ्जली ॥

दुई नेपाली गोर्खा सैनिनकको पाकिस्तानी सेनाको आक्रमणबाट मृत्यु, हार्दीक श्रद्धाञ्जली ॥

भारतको सिमारक्षाको निम्ती खटिएका दुई नेपाली गोर्खा सैनिनकको पाकिस्तानी सेनाको आक्रमणबाट मृत्यु///भारत–पाकिस्तान युद्धका क्रममा कश्मिरमा २ नेपाली सैनिकको मृत्यु, परिवारलाई हरसम्भव सहयोग गर्ने सेनाका प्रवक्ताको घोषणा काठमाडौं। भारतको कश्मिरमा खटिएका दुई नेपाली गोर्खा सैनिनकको युद्धका क्रममा ज्यान गएको छ । ज्यान जानेमा रुपन्देहीको तिलोत्तमा ९ का दुई सुवेदार ४२ वर्षका गमर बहादुर थापा र ३९ वर्षका रमन थापा रहेका छन् । भारतीय दैनिक अमर उजालाले जनाए अनुसार छ ।

पाकिस्तानी सेनाको स्नाइपर आक्रमणमा घाइते भएका उनीहरुलाई सुरुवाती प्राथमिक उपचारपछि श्रीनगरको ९२ बेस अस्पताल लगिएकोमा अस्पतालमा उपचारका क्रममा मृत्यु भउको हो ।भारतीय सेनाका प्रवक्तालाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार सुवेदार गमरबहादुर थापा १९९३ मा भारतीय सेनामा भर्ती भएका थिए । उनको परिवारमा पत्नी र २ छोरा छन् । सुवेदार रमन थापा १९९६ मा भारतीय सेनामा भर्ती भएका थिए । उनको परिवारमा पत्नी र १ छोरा छन् । दुवै नेपालीको शवलाई गोरखपुर पठाइएको बताइएको छ जहाँ राष्ट्रिय सम्मानका साथ यी दुईको अन्तिम संस्कार गरिनेछ । सेनाका प्रवक्ताले परिवारलाई हरसम्भव सहयोग गर्ने बताएको समाचारमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस