अमेरिकी राष्ट्रपति ट्रम्प अकस्मात किन पुगे इराक ?

अमेरिकी राष्ट्रपति ट्रम्प अकस्मात किन पुगे इराक ?

अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पको साथ इराक पुगेका ट्रम्पले त्यहाँ खटिएका आफ्ना सेनासँग भेट गरेका छन् । उनी सेनाले गरेका सेवा, सफलता र बलिदानको लागि धन्यवाद दिन गएको ह्वाइट हाउसले जनाएको छ ।

ट्रम्पले इराकबाट अमेरिकी सैनिक हटाउने कुनै योजना नभएको बताए । मध्यपूर्वको रणनीतिमा मतभेद भएर केही दिन अघि रक्षामन्त्री जेम्स म्याट्रिसले राजीनामा दिएलगत्तै राष्ट्रपति ट्रम्पको यो भ्रमण भएको हो ।

ट्रम्पको साथमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन पनि थिए । ट्रम्पले सैनिकहरूसँग करिब तीन घण्टा बिताएका थिए । त्यस क्रममा सैनिकहरुले राष्ट्रपति ट्रम्पसँग सेल्फी पनि खिचेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस