संसदमा प्रचण्ड र बाबुरामको वाद-विवादः प्रचण्ड गफ छाँट्ने बाबुराम काट्ने ! (भिडियो)

संसदमा प्रचण्ड र बाबुरामको वाद-विवादः प्रचण्ड गफ छाँट्ने बाबुराम काट्ने ! (भिडियो)

काठमाडौं। सँगै दश बर्षे जनयुद्ध लडेर आएका नेताद्वय प्रचण्ड र बाबुराम अहिले दुई ध्रुबमा छन्। प्रचण्ड सत्ता पक्षमा छन्। बाबुराम प्रतिपक्षमा।

प्रतिनिधि सभामा प्रचण्डले सरकारको बचाउमा बोल्दा बाबुराम त्यसको खरो प्रतिवादमा उत्रिए। सत्ता पक्ष त्यसमा पनि नेकपा अध्यक्ष हुनुको नाताले प्रचण्डलाई सरकारको बचाउ गर्नु अनिवार्य नै थियो। प्रतिपक्षीमा रहेका बाबुरामले कतिपय सरकारका नीतिगत निर्णय राम्रा भएपनि व्यवहार र नतिजाका हिसावले सरकारले जनतालाई निराश पारेको भन्दै तर्कसहित प्रचण्डका कुरा एक एक गरेर खारेज गरिदिए, काटिदिए।

प्रचण्डले जे जे कुरामा सरकारको सफलता र उपलब्धी भनेर संसदको रोष्टमबाट सगौरव सुनाएका थिए त्यसको प्रतिवाद गर्दै बाबुरामले प्रचण्डका दावी झुठो सावित गर्ने तर्क राखे।

प्रचण्ड र बाबुरामको वाद-विवाद निकै रोचक बन्यो। रेल र पानीजहाज आउनै लागेको प्रचण्डले सुनाउँदा बाबुरामले रेल र पानी जहाज ल्याउनका लागि काम केही नगर्ने, केबल झुटको खेती गर्ने ? भनेर सातो लिए।

तपाइको प्रतिक्रिया दिनुहोस