७१ बर्षे बुवाको अधुरो सपना छोरीले पुरा गराउँदा चल्यो रुवाबासी

७१ बर्षीय श्रीलाल भारतीको ४५ बर्ष अगाडी देखिको गीत गाउँने अधुरो सपना आफ्नो कान्छी छोरीले पुरा गराउँदा खुसीले भाबुक बने बुवा आमा र चल्यो खुसीको रुवाबासी। श्रीलालले गर्भ गर्दै भने छोरी जन्मी भनेर हेला नगरौ छोराले गर्न नसक्ने काम छोरीले गर्न सक्छ। उनकले ‘सासु ज्यु सासु ज्यु’ भन्ने गीत रेकर्ड गराई सके पछि अनलाइन हरपल डटकमसंग कुरा गर्दै यसो भनेका हुन्।

उनको यो दोस्रो रेकर्ड गरिएको गीत हो यो भन्दा अगाडी पनि उनले ‘धानको बाला’ भन्ने गीत रेकर्ड गराई सकेको छ। भारतीले धेरै गीतहरु रचना गरेका छन। दर्शक स्रोताहरुले रुचाइ दिनु भयो भने अरुपनि रेकर्ड गर्ने उनले बताए। भारती र उनको परिवारसंग अनलाइन हरपल डटकमको सहकर्मीले गरेको रमाइलो कुराकानी तल भिडियोमा क्लिक गरेर हेर्न सकिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस